लघु कथा
शब्द : ११०
शीर्षक : जलनको मलम
एक दिनको कुरा हो । विहानै उठेँ । चिया पसलितर हानिएँ । पुरानो मित्रसँग भेट भयो । उसको चालढाल देखेर इर्ष्या लाग्यो । ओहो ऊ यति माथि गइसकेछ । म त त्यहीँका त्यहीँ । मनमा जलन भयो । चियाको तातोभन्दा मनको तातोले राप दिइरहेको थियो । उसले पैसा तिर्यो र भन्यो "ल मलाई हतार छ । भेट्दै गरौँला ल । कहिलेकाँही सम्झ न । " । बहुत नमजा लाग्यो, उसको जीवन देखेर । सबै कुराको तुलना गरेँ सबै उसैको बढी । ऊ र म त सँगैको साथी आजको उसको प्रगति मेरा लागि असामान्य लाग्यो । म घर आएँ । साह्रै जलन भयो । मोबाइलको डाटा अन गरेर स्टाटस लेखेँ , " मैले नै लेख्ने पेनले लेखेर अघि बढेकाहरु आज महान् भाका छन् ।" यति लेखेपछि बल्ल जलन शमन भयो । यो जलनको मलम त स्टाटस पो रहेछ त ।
0 Comments